वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा टाइफाइड खोप अभियान सम्बन्धमा अभिमुखीकरण सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिका, स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, जनस्वास्थय प्रवद्र्धन शाखा र वडा खोप समन्वय समितिको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो ।
वडा नम्बर २१ का वडाअध्यक्ष हबीब मियाँको सभापतित्वमा अभिमुखीकरण सम्पन्न भएको हो ।
कार्यक्रममा लीपनीबिर्ता स्वास्थ्य चौकीका इनचार्ज संजय गाँधीले टाइफाइडको खोप अभियानका बारेमा प्रकाश पारेका थिए । साथै निरोगी भएपछि मात्रै अध्ययनसँगै अन्य काम गर्न सकिने बताए । स्वस्थ रहनका लागि खोप अनिवार्य लगाउनुपर्नेमा गाँधीको जोड छ ।वडा नम्बर २१ का ९ वटा विद्यालयमा बैशाख ५ गतेदेखि १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइने स्वास्थ्य चौकी इनचार्ज गाँधीले बताए । नेपालमा पहिलोपटक टाइफाइड रोगविरुद्धको खोप लगाइने भएकोले यस अभियानलाई सफल बनाउन लीपनीबिर्ता स्वास्थ्य शाखाले सबै सरोकारवालाहरुसंग सहयोगका लागि अनुरोध गरेको छ । उक्त कार्यक्रममा वडा न २१ का जनप्रतिनिधि , स्थानीय पुरुष , महिला र बालबालिकाहरुको उस्तिथि रहेको थियो ।