

वीरगञ्ज । नेकपा एमाले बहुदरमाई नगरपालिकाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट बहुदरमाई नगरपालिका मेयर र उपमेयरको उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
एमाले बहुदरमाई नगरपालिका मेयरको उम्मेदवारमा शिव पटेललाई सिफारिस गरेको छ , उपमेयरमा शुश्मा कुशवाहालाई सिफारिस गरेको छ । शुक्रवार बहुदरमाई नगरपालिका वडा न २ पिपरामा बसेको एमाले बहुदरमाई नगर कमिटीको बैठकले मेयर र उपमेयरका उम्मेदवारहरु सिफारिस गरेको एमाले बहुदरमाई अध्यक्ष प्रमोद कुशवाहाले बताउनु भयो । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार हरेक पालिकाबाट ३ र ३ जना उम्मेदवार छनौट गरि जिल्ला कमिटीमा सिफारिस गर्ने प्रावधान रहेको छ ।
सिफारिस भएका उम्मेदवारहरु मध्ये नगरपालिकाको मेयरको उम्मेदवारमा १ जना र उपाध्यक्षमा १ जनाको नाम जिल्ला कमिटीले सिफारिस गरि प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले आधिकारिक उम्मेदवार घोषणा गर्ने एमाले बहुदरमाईले जनाएको छ । नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा केन्द्रीय सदस्य एवम पर्सा जिल्ला सहइनचार्ज राजकुमार गुप्ता रहनु भएको थियो ।
नेकपा एमाले बहुदरमाई नगर कमिटीको आज बहुदरमाई नपा-२पिपरामा बसेको बैठकबाट निर्णय भएको हो।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम पर्सा जिल्लाका सह इन्चार्ज गुप्ताको प्रमुख आतिथ्य एवम बहुदरमाइ नगर कमिटीका अध्यक्ष कुशवाहाको अध्यक्षता आज सम्पन बैठकले सो उम्मेद्बारी चयन गरि पार्टीको जिल्ला कमिटीमा सिफारिस गरिएको नेकपा एमाले बह्हुदरमाइ नगर कमिटीका सचीव सुरेन्द्र यादवले बताउनु भयो।
बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तेजप्रकाश निशाद,पर्सा का उपाध्यक्ष फरमान अन्सारी, सचिव मनोज गुप्ता सह-सचीव सन्जिव मिश्रा जिल्ला कमिटी सदस्य ध्रुब साह, केदार तिवारी, पुरन प्रसाद कुर्मी,रामबाबू साह, सुनिल कुशवाहा, लगायत नगर कमिटि का सम्पुर्ण पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर कमिटीका सचिव का सचीव सुरेन्द्र यादवले गर्नु भएको थियो ।