वीरगंज । नेकपा एमाले पोखरीया नगरकमिटीको आयोजनामा आज वडा नम्बर ८ जगतपुरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य एवम पर्सा जिल्ला सह इनचार्ज राजकुमार गुप्ता , मेयर पदका उम्मेदवार प्रद्युम्न चौहान, उपमेयर पदका उम्मेदवार रुवी ठाकुर ,वडा अध्यक्ष पदका उम्मेदवार सुनित साह गोढ सहितको नेताहरुको सहभागितामा घर दैलो कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा नेताहरु घरघरमा पुगी मतदाता संग भेटगरी आफनो पक्षमा मत हाल्न अनुरोध गरेका थिए । उहाँहरुले पोखरीयाको बिकाश गर्न एमालेको सरकार आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गरी बिजय गराउन अनुरोध गरेका थिए । पोखरिया नगर कमिटीका अध्यक्ष बिधाचल ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपसचिव संजीव मिश्रा , जिल्ला कमिटी सदस्य सुनील कुशवाहा , भगवान कुर्मी , राधा साह , इंद्रदेव कुर्मी , नगर कमिटी सचिव संतोष गिरी , वडा न ९ का वडा प्रत्यासी रामेश्वर चौहान , वडा न १ का प्रमोद गिरी लगायतको उस्तिथि रहेको थियो ।