

बिरगंज । बिरगंज महानगरपालिकाका युवाहरुले प्रहरी निरीक्षक राजेश राज पूरीलाई सम्मान तथा विदाई गरेका छन । बिरगंज स्तिथ एक होटलको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेका छन । जिल्ला प्रहरी कार्यालय बीरगंज पर्सा मातहत वडा प्रहरी कार्यलय बिर्तामा कार्यरत प्रहरी निरीक्षक पूरीको अख्तियार दुरूपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा सरुवा भएपछि कार्यक्रम गरी पूरीलाई १२१ किलोग्रामको फूलको माला , मायाको चीनो सहित गमछा ओढाई सम्मान र विदाई गरिएको हो । युवा नेता सुधीर पटेलको अध्यक्षता एवम युवा नेता मोहमद निजामको प्रमुख आतिथ्वयमा सम्मान तथा बिधाई कार्यक्रमको आयोजना गरिएको दिलीप रौनियारले बताए ।वडा प्रहरी कार्यलय बिर्ताका प्रमुखका रुपमा आएका प्रहरी निरीक्षक पूरीको १९ महिनाको कार्यकालमा बिर्ताबासीको सेवामा निरन्तर इमान्दारिताका साथ् काम गरेको विदाई कार्यक्रममा सहभागीहरुले बताएका थिए । उनले कोरोनाभाइरस महामारीको समयमा पनि आफ्नो ज्यानलाई जोखिममा राखेर जनताको सेवा तथा कोरोना कालमा उल्लेखनीय योगदान गरेको बताउँदै उनलाई आगामी दिनका लागि सबैले शुभकामना साथ बधाई समेत दिइएको थियो ।