वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बगैचामा नेकपा एमाले वीरगञ्जको निर्वाचन परिचालन कार्यालय सञ्चालनमा आएको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमाले पर्साले निर्वाचन परिचालन कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालयको नेकपा एमालेका केन्द्रिय सचिव एवम् मधेश प्रदेश इन्चार्ज रघुबिर महासेठले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
कार्यालयको उद्घाटन गर्दै सचिव महासेठले पार्टीले दिएको जिम्मेवारी बहन गर्न निर्देशन दिएका छन् ।
कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सहईन्र्चाज पुरुषोत्तम पौडेल, पर्सा इन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्यद्वय राजकुमार गुप्ता, अरबिन्द सिँह, पर्सा अध्यक्ष जयप्रकाश थारु, प्रदेश कमिटी सदस्यहरु बिचारी यादव, बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी लगायतको उपस्थिती थियो ।