पोखरिया । पोखरिया नगरपालिकामा नेकपा एमालेले शनिवार चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । नगरप्रमुख पदका दाबेदार प्रद्युम्न चौहानले घोषणापत्र सार्वजनिक गर्दै आफू विजयी भएको खण्डमा घोषणापत्रमा उल्लेख भए अनुसार कार्य गर्ने बताए । उनले एमालेको घोषणापत्रमा पोखरियाको समग्र विकासको खाका कोरिएको दाबी पनि गरे ।
पोखरिया नपा–४ नगर कमिटीको कार्यालयमा आयोजित कार्यक्रममा उपप्रमुखकी दाबेदार रूवि ठाकुर, एमाले का स्थानीय नेताहरू भगवान कुर्मी, सन्तोष गिरी, विनोद गिरी, मनोज कुर्मी, राकेश महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम नगरअध्यक्ष विन्ध्याञ्चल ठाकुरको अध्यक्षतामा भएको थियो ।