मधेश प्रदेश । मधेश प्रदेशकी पूर्व राज्यमन्त्री एवम् संविधानसभा सदस्य डिम्पल कुमारी झाको निधन भएको छ । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी पनि हुन् ।
झा क्यान्सर रोगबाट पीडित थिइन् ।लामोसमयदेखि क्यान्सर रोगबाट लडिरहेकी झाको शनिबार राति काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको लोसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।
जसपा पार्टी विभाजनको संघारमा पुग्दा झासहित चारजना मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले एक वर्ष अघि बर्खास्त गरेका थिए ।डिम्पल झा लालबाबु राउत नेृतत्वको सरकारमा तत्कालीन राजपा नेपालबाट २०७५ साउनमा भौतिक पूर्वाधार विकास राज्य मन्त्री बनेकी थिइन् ।