पर्सा । निर्वाचन आयोगले स्थानीय चुनावमा भारतीय सवारीसाधनको प्रयोगमा रोक लगाए पनी निर्वाचन आयोगले लगाएको नियमको अटेरि गरी पर्सा जिल्लामा भारतीय सवारीसाधनको प्रयोग भईरहेको छ ।
स्थानीय तहको चुनावलक्षित सभाहरूमा पर्सा जिल्लामा भारतीय गाडीहरूको छ्याप्छ्याप्ती प्रयोग भइरहेको छ । निर्वाचन आचारसंहिताविपरीत यो कार्यमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले रोक लगाउनुपर्ने हो तर वीरगंज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले वीरगंज भन्सार कार्यालयले भारतीय सवारीसाधन प्रवेशमा रोक लगाउनुपर्ने बताए । उनले भन्सार तिरेर भित्रिएका सवारीसाधनहरू नै चुनावी प्रचारमा प्रयोग भइरहेको बताए ।
राजस्व अनुसंधान कार्यकाय , निर्वाचन आयोग , प्रहरी , भांसर तथा स्थानीय प्रशासनले यस बिषयमा चासो नदिएको बुधिजीविहरुले आरोप लगाएका छन । सवारीसाधनमा पार्टीको चुनाव चिह्न र झण्डासमेत राखेर प्रचारप्रसार गर्दा पनी सम्बन्धीत निकायले करवाहि नगरेको स्थानीय बासीहरुले बताएका छन ।
पर्सासँगै, तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा,सिरहा, सप्तरीलगायतका जिल्लामा ठूलो संख्यामा भारतीय सवारीसाधनको प्रयोग भइरहेको छ।