काठमाडौ। मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेका मिङमार फुन्चो लामा निर्विरोध हुनुभएको छ ।
आयोगले उम्मेदवारी दर्ताका लागि दिएको समयमा उपाध्यक्षका लागि लामाको मात्रै एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । योसँगै उहाँ निर्विरोध हुनुभएको हो ।
नार्पाभूमिको अध्यक्षमा मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको छ । उहाँ एमाले निकट हुनुहुन्छ । कांग्रेसबाट कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिनुभएको छ । लामा हाल सो गाउँपालिकाको उपाध्यक्ष हुनुहुन्छ । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिनुभएको छ ।