वीरगन्ज ४ पुष : पर्साको बहुदरमाई नगरपालिका वडा ६ गम्हरियामा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ । विरगन्ज समुदायिक आँखा केन्द सहयोग र वडा ६ का वडाअध्यक्ष केदरनाथ तिवारीको आयोजनामा निस्शुल्क आँखा शिविर सम्पन्न भएको हो ।
निश्शुल्क आखा शिविरमा २५० जनाको आखा परीक्षण गरिएको छ । परिक्षण गरिएका मध्ये ३० जनामा मोतीबिन्दु देखापरेको वडाअध्यक्ष तिवारीले जानकारी दिनु भयो ।