वीरगञ्ज : वीरगञ्ज महानगरपालिकामा नेकपा एमालेको जनलहर बढ्दै गरेको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि लछित गरेर दिन्हुँ सयोंको सख्यामा बिभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु एमालेमा गरि रहेका छन् । आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा आज प्रबेश गरेका छन । वीरगञ्ज ३१ बेलवाका माओवादीका इकाई कमिटिका उपाध्यक्षसहित २० जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एमालेका पर्सा ईन्र्चाज प्रभु हजरा,संबिधान सभाका सदस्य बिचारी यादव,बसरुदिन अंसारी र वीरगञ्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले एमालेको महत्वलाई बुझेर युवाहरुले पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै सरावगीले निवार्चनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पुर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरि आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गर्नुभयो ।