वीरगंज -जनता समाजबादी पार्टी पोखरिया नगर कमिटीले आज सोमबार वडा नम्बर १ बनकटवामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
जसपाबाट पोखरिया नगरपालिकाका मेयरका उमेद्वार रहनुभएको राजु साह तेलीको नेतृत्वमा निस्किएको जसपाका उमेद्वारहरुको टोलीले वडा नम्बर १ का जनताको घर घरमा पुगेर स्थानीय संग भोट माग्नुभएको छ ।
स्थानीयको घरमा घरमा पुग्नुभएको मेयरका उमेद्वार राजु साह तेली र उप मेयरका उमेद्वार रेणु देवी वडा नम्बर १ बनकटवाका वडाध्यक्षका उमेद्वार चन्द्रभुषण यादव र वडा सदस्यले जसपालाई जिताउन आग्रह गर्दै भोट मागेको पोखरिया नगरपालिकाकी कार्यबाहक मेयर सल्मा खातुनले जानकारी दिनुभयो ।
सो अवरमा जसका नेता कार्यकर्ताहरुको व्यापक सभागिता रहेको थियो ।