वीरगन्ज । बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्ह पर्साको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी बक्ताहरुले अहिले पनि प्रेस स्वतन्त्र नरहेकाले यो लागु गराउनमा गम्भीर हुन आवश्यक रहेको बताएका छन । कार्यक्रममा नेपाल पत्रकार महासङ्ह मधेस प्रदेश महासचिव श्याम बन्जाराले अहिलेको समयमा पत्रकार कसैको दास नरहेकाले तर सत्यलाई सत्य भन्न सक्ने गरि काम गर्ने बताए नेपाल पत्रकार महासङ्घका केन्द्रिय सदस्य केसी लामिछानेले दिनप्रतिदिन प्रेस स्वतन्त्रता उल्लंघनको घटना बढेको बताए । नेपाल पत्रकार महासङ्ह पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य शत्रुघन नेपाल पर्सा उपाध्यक्ष तुलसी भन्डारी, पत्रकार कन्हैया गुप्ता, शिवशंकर साह लगायतकाले बोलेका थिए ।