नेपाली काङ्ग्रेस प्रतियाग गरि बहुदरमाई नगरपालिका वडा न.३ का युवाहरूले आज नेकपा एमाले मा प्रवेश गरेका छ्न।
नेकपा एमाले बहुदरमाई नगर कमिटिले आज पिपरा चौकमा आयोजना गरेको एक कार्यक्रमका बिच नेकपा एमाले का युवा नेता तथा बहुदरमाई नगरपालिका का नगर प्रमुख को सबल उम्मेदवार कमरेड शिवा पटेलले रामाकन्त यादव , सुनिल यादव ,राजु यादव ,बिजय यादव ,अशोक रौनियार अशोक साह,भिम यादव लगायत २० औ जना युवाहरू लाई अबिर को टिका र गम्छा ओढाई पार्टी प्रवेश गराएका छन।
कार्यक्रममा नेकपा एमाले बहुदरमाई नगरपालिका को चुनाव परिचालन समिती को सह-संयोजक कृष्णा यादव ,नगर कमिटी को अध्यछ प्रमोद कुश्वाहा , वडा न.३ का वडा अध्यक्ष दिनेश प्रसाद यादव ,जिल्ला कमिटि सदस्यत्रय पुरन कुर्मी, युवा नेता राजन कुर्मी,रबि पटेल ,बिनेक पटेल आयुस पटेल , प्रदिप साह ,नेकपा एमाले का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।