वीरगंज, पुस ८
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । बालुवाटारमा सम्पन्न तेस्रो बैठकले पर्साका अध्यक्ष प्रभु हजरा,संबिधान सभाका सदस्य तथा नेकपा पर्साका लोकप्रिय नेता राजकुमार गुप्ता, संबिधान सभाका सदस्य जयप्रकाश थारु,प्रद्युम्न चौहान, जुनैद अंसारी,निर्मला देवकोटा,नेता डा. बिश्वम्भर शर्मा,नेता बसरुदिन अंसारी,बिना शर्मा,राजमहम्द अंसारी लाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । बैठकले आगामी २०७८ सालको मंसीर २ गते महाधिबकेशन गर्ने निर्णय गरेको छ भने ११९९ जना महाधिबेशन आयोजक कमिटी समेत निर्माण गरेको छ । बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले आफूरुलाई अनुशासनको कारबाही गरे कसरी अगाडि बढ्ने लगायत समसामयिक विषयमा छलफल समेत भएको थियो । यतिबेला बैठकमा सहभागी हुन काठमाण्डौ उपत्यकाबाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आएका छन् । बैठकले केन्द्रीय सदस्यमा ५५६ जनालाई थप गरि ११९९ पुर्याइएको जनाइएको छ भने पार्टीका प्रबक्तामा प्रदिप ज्ञवालीलाई जिम्मेवारी समेत दिएको छ ।