

बाराको फेटा गाउँपालिका वडा नं ६ पुरेनियामा आज विवेकशील साझा पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । पार्टीको तर्फबाट मेयर पदका उमेदवार रुस्तम अन्सारीलाई जिताउन जनलहर अगाडि बढ्दै गएको छ । पुरैनीयाका स्थानियले नेता अन्सारीलाई फूलमाला लगाई स्वागत गरेका थिए । स्थानियहरुको अनुसार मेयर पदका उम्मेदवार युवा नेता रुस्तम अन्सारी एउटा स्वच्छ प्रवितिको व्यक्ति भएको र उनमा गाउँपालिकाको विकास गर्ने क्षमता भएकोले उनलाई पालिका प्रमुख बनाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पार्टीका कार्यकर्ताहरूले नेता अन्सारी विगत लामो समयदेखि राजनीतिमा लागेको र उनले हजारौं आम नागरिकलाई परेको बेलामा सहयोग गरेको र उनी युवाहरुको मुटु भएकोले नेता अन्सारीको अर्को विकल्प न रहेको बताए । नेता अन्सारीले आफू मेयर पदमा जितेपछि यस गाउँपालिकाको मुहार फेरेर देखाउने र आफू कुनै लोभ लालचले राजनीतिमा न लागेको प्रस्ट पारे । उनले आफू जन्ताको आधारभूत आवश्यकता पूरा गर्न, यहाँको शिक्षा क्षेत्रलाई सुधार गर्न, बेरोजगार युवालाई रोजगारी प्रदान गर्न, महिला, बालबालिका लगायत हरेक क्षेत्रमा विकास गर्न आफू मेयर पदमा उम्मेदवारी दिएको बताए । उनले यसपाली आम जनताले आफूलाई धेरै मनपराएको र आफ्नो जीत सुनिश्चित रहेको ठोकुवा गरे । कार्यक्रममा पार्टीका नेता , कार्यकर्ता लगायत आम नागरिकहरुको सहभागिता रहेको थियो।