पकाहाँमैनपुर । पर्साको पकाहाँमैनपुर गाउँपालिका वडा नं २ स्थित मधुबनीका वस्तीहरुबाट नाला हुँदै आउने पानी बाटोमा जम्मा भएपछि बाटोको अवस्था खराब हुदै गएको स्थानीयहरुको भनाई छ ।
पालिकाका जनप्रतिनिधिहरुले नालाको पानीको उचित निकास नगर्दा बाटो भएर आऊने जाने यात्रुहरु समस्यामा परेको उनीहरुको आरोप छ ।वीरगञ्ज भिस्वा सडक खण्डमा पर्ने मधुबनी गाऊँको मुख्य कालोपत्रे सडक छेउमा रहेको बीच बाटोमा नालाको पानी जम्मा हुँदै आएकोमा उक्त नालामा माटो पूरी बाँधीएले पानी जम्मा भई बाँध टुटेर पानीको बहाव बीच बाटोमा भएकोले कालो पत्रे सडक फूटी नष्ट हुदै गएको उनीहरुको भनाई छ ।
नालाको पानी निकासको लागि विगत ४ वर्षदेखि पालिकाले आश्वासन दिँदै आए पनि हालसम्म पानीको उचित निकास नहुँदा बाटोमा पानी जम्मा भई नष्ट हुने गरेको गाऊँलेहरुले बताएका छन ।
यो पानीलाई निकास दिलाउनका लागि गाऊँलेहरूले पकाहाँमैनपुर गाउँपालिकालाई पटक-पटक ध्यानाकर्षण गराउँदा समेत निवर्तमान पालिका अध्यक्ष बिजय चौरसियाले कुनै किसिमको सुनुवाई नगरेको उनीहरूले आरोप लगाए ।
यो यस वर्षको मात्रै समस्या होइन, विगत ४ वर्षदेखि नालाको पानीको कारण बाटो नष्ट हुँदै आएको गाऊँबासीहरुको आरोप छ ।
अहिले पनि पानी निकासको लागि पालिकामा ध्यानाकर्षण गराउँदा पालिका कर्मचारीहरुले बेवस्ता गरेको बताए । विगत ४ वर्षदेखि नालाको पानीको समस्या खेप्दै आएका गाऊँलेहरु बाध्य भएर पालिकामा आन्दोलन गर्नु परेको बताउँछन् ।
पानी निकाशको लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत जनप्रतिनिधिहरुको आसेपासे र उनीहरूको कार्यकर्ता भएकोले अहिले तत्कालको लागि यसको निकाश निकाल्न नसकिने भन्दै आलटाल गर्दै आएको उनिहरू भनाई छ ।