वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाकाको मेयरका उम्मेदवार नितेन्द्र साहले मतदातालाई प्रभावित पार्न पैँसा बाँडेको भन्दै स्थानीयले विवाद गरेको छ ।बहुदरमाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुरमा आइतवार राति करिब साढे ११ बजे भंगी साह माद्यामिक विद्यालयको गेट नजिकै रहेको एक खाजा पसलमा बसेर पैँसा बाँडीरहेको अवस्थामा स्थानीयले विवाद जनाएका हुन् ।
भिडीयो हेर्न यसमा क्लिक गर्नुहोस बहुदरमाई नगरपालिकाका निवर्तमान मेयर एवम् मेयरका उम्मेदवार नितेन्द्र साहले मतदातालाई प्रभावित पार्न पैँसा बाँडेको भन्दै स्थानीयले गरे विरोध
राति राति मतदातालाई प्रभावित पार्न पैँसा बाँडेर निवर्तमान मेयरसमेत रहेका साहले निर्वाचन आचारसंहिताको उलंघन गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सोही क्रममा भएको सामान्य विवादले झडपको रुप लिएर १ जनाको हातमा चोट लागेको छ भने अन्य ३ जना सामान्य घाइते भएका छन् ।झडपमा परी स्थानीय तुलसी पटेलको हातमा गम्भिर चोट लागेको छ । तुलसीको हातमा चोट लागेपछि आक्रोशित स्थानीयले नितेन्द्र साहलाई पनि प्रतिकार गरेका थिए । साहले भने पैँसा बाँडेको आरोप मात्रै भएको प्रतिक्रिया दिएका छन् । स्थानीयले उक्त विरोधको भिडियो बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।