

बीरगंज । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा.सुबोध कुमार गुप्ताले एक कार्यक्रमका बीच अन्नपूर्णा स्वीट्स बेकरीको उद्घाटन गर्दै यसले सुस्ताएको व्यवसायिक वातावरण चलायमान गराउन सहयोग पुग्ने विश्वास लिएको बताउनु भयो । वीरगंजको माईस्थानमा अन्नपूर्णा बेकरी स्वीट्सको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले यस अन्नपूर्णा स्वीट्सबाट बिभिन्न व्यक्तिहरु लाभान्वित हुने बताउनु भयो ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मिठाई बनाउनु एउटा कला भएको हुँदा यो सबै संग सम्भव नहुने बताउनु भयो ।
अन्नपूर्णा स्वीट्सका संचालक महेन्द्र साह तेलीले ग्राहकहरुकै चाहना अनुसार सस्तो तथा सुविधा सम्पन्न स्वीट्स तथा बेकरी संचालनमा ल्याइएको बताउनु भयो । करिब ५० लाख रुपैयाको लगानीमा संचालन गरिएको स्वीट्स तथा बेकरी एसी सहितको केविन, सिगंल, डब्बल तथा फैमली टेवलहरुको समेत व्यवस्था रहेको अन्नपूर्णा बेकरी स्वीट्सका निर्देशक महेन्द्र साह तेलीले बताउनु भयो । ग्रहकहरुको चाहना अनुसार पुरा सुविधा सम्पन्न रहेको बेकरी स्वीट्समा सबै प्रकारका मिठाई, सकाहारी नास्ता, फास्टफुडको समेत व्यवस्था रहेको निर्देशक साहले बताउनु भयो । केही बर्ष पहिला बाराको कलैयामा अन्नपूर्णा बेकरी स्वीट्स नामले संचालनमा रहेको छ ।
निर्देशक साहले ग्राहकको चाहना अनुसारको सबै प्रकारका परिकारहरुको व्यवस्था तथा धेरै महगो पनि नपर्ने गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ अन्नपूर्णा बेकरी स्वीट्स बीरगंजमा पनि संचालनमा ल्याइएको बताउनु भयो ।
उनले बेकरी स्वीट्स छिटै ग्राहकहरुको मन जित्ने बिश्वास व्यक्त गरेका छन् । बेकरी भित्र शान्त वातावरण तथा पूर्ण सर–सफाईको व्यवस्था रहेको छ ।
उद्घाटन कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत लगायत विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।