पकाहामैनपुर । पर्साको पकाहामैनपुर गाऊँपालिकाकाको उम्मेदवार बिजय चौरसियाको कार्यकर्ताले मतदातालाई प्रभावित पार्न पैँसा बाँडेको अवस्थामा स्थानीयहरूले समाती प्रहरीको ज़िम्मा लगाएका छन ।
पैसा बाडदै गरेको अवस्थामा निवर्तमान अध्यक्ष तथा गाऊँपालिका अध्यक्षका उम्मेदवार बिजय चौरसिया निकटको कार्यकर्ता संजु मियाँ २० हजार रुपैया सहित पक्राऊ परेका छन भने अख़्तर मियाँ २ लाख नगद सहित फ़रार रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पकाहामैनपुर गाऊँपालिका वडा नम्बर ४ लहावर थकरीमा आज राति करिब साढे ३ बजे घूमी पैँसा बाँडीरहेको अवस्थामा स्थानीयले समाती प्रहरीको जिम्मा लगाएको स्थानीयहरुले बताएका छन ।
राति राति मतदातालाई प्रभावित पार्न पैँसा बाडन लगाएर निवर्तमान मेयरसमेत रहेका चौरसियाले निर्वाचन आचारसंहिताको उलंघन गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नगदसहित पक्राउ परेका मियाँलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी खेश्रहामा राखेका छौं,’ र फरार रहेकालाई खोज्ने कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यस बिषयमा बिजय चौरसियासंग सम्पर्क गर्दा हामीलाई कुनै जानकारी नभएको तथा पक्राऊ परेका मियाँसंग मेरो कुनै सम्बन्ध नरहेको बताउनु भयो । म लाई बदनाम गर्न संयोजित तारिकाले यस्तो कार्य गरिएको बताए ।