पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जहाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मुकुट चौहान विजयी भएका छन् । वडाध्यक्षमा चौहानले ४५९ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी एकीकृत समाजबादीका रामशेवख पाण्डेय ४४० मत, जसपाका उपेन्द्र सहनीले ४२० मत, नेपाल सुशासन पार्टीका बीरेन्द्र पटेलले २२२ मत , नेकपा एमालेका ब्रिजबिहारी चौहानले ९६ मत प्राप्त गरेका छन् ।