पर्साको पकहा मैनपुर गाउँपालिका वडा नं. ३ पकाहामैनपुरको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार संजय चौहान विजयी भएका छन् । वडाध्यक्षमा चौहानले ८१९ मत ल्याएर विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी जसपाका मदन साह कानु ६२५ मत, नेपाल सुशासन पार्टीका ८९ मत , नेकपा एमालेका नवल पटेल २५ मत प्राप्त गरेका छन् ।
यस अघी गाऊँपालिकाको वडा न १ मा नेपाली कांग्रेसका बिनोद मेहता , वडा न २ मा नेपाली कांग्रेस कै मुकुट चौहान विजयी भईसकेका छन भने वडा न ४ मा नेपाली कांग्रेसका उम्मेदवार ढेडि प्रसाद यादवको अग्राता क़ायमै छ ।