

बीरगंज ९ पुष ÷
अनौपचारिकक्षेत्र सेवा केन्द्र इन्सेकको बर्ष पुस्तक २०२१ प्रकाशितको पुर्ब सन्ध्यामा मानवअधिकार उल्लंघनका बारे समिक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले अपराधका बिभिन्न प्रकृतिका बारेमा प्रकाश पानुैभएको थियो भने नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले राज्यको निकायलाई जिम्मेवार बनाउने वातारण निर्माणमा लाग्नुपर्ने र त्यसमा संचारकर्मीले गाउँ बस्तीका अपराधजन्य घटनालाई उजागर गर्नु पर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा पर्साका प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले समाज बिकासको क्रमसंगै बिकास भएका आपराधिक घटनाक्रमको बारेमा प्रकाश पर्नुभएको थियो । ईन्सेकका प्रतिनिधी केसि लामिछानेले सन २०२० को जनवरी देखि डिसेम्बर सम्ममा ३८ वटा बलात्कार, ३ बटा बलात्कार प्रयास, २वटा अप्राकृतिक मैथुन ,६ वटा बाल यौन दुव्र्यवहार, १२ वटा कर्तव्य ज्यान, १ वटा बोक्सी आरोप, ४ वटा राज्यबाट दुव्र्यवहार,१ वटा मानव बेचबिखन,१ वटा बहुविवाह गरी जम्मा ६८ वटा घटना भएको प्रतिवेदनमा पेश गर्नुभएको थियो । समाजिक कार्यकर्ता तवरेज अहमदको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शिवनाथ यादब, महेशच्द्र गौतम, निरज पिठाकोठे, संजीब मिश्र, तुलसी भण्डारी, श्रीराम रायमाझी, आरोहण साह, कबिता खडका, जियालाल साह, सुरेश बिडारी, अली अन्सारी, लगायतले मानबअधिकारको बिबिध पक्षको बारेमा सुझाव राख्नुभएको थियो । कार्यक्रममा इन्सेकका प्रतिनिधी केसी लामिछानेको सहजीकरणमा सम्पन्न भएको थियो ।