वीरगंज । पर्साका १४ पालिकामध्ये बीरगन्ज महानगर पालिका बाहेक १३ वटा पालिकाको निर्वाचन परिणाम घोषणा भई सकेको छ । घोषणा भएको पालिका मध्ये सवभन्दा बढी पालिका नेकपा एमाले ले जितेको छ ।
घोषित १३ पालिका मध्ये प्रमुख मा नेकपा एमाले ले ५, कांग्रेस ले ४, जसपाले ३ र लोसपाले १ स्थानमा विजयी हासिल गरेका छन् भने उपप्रमुखमा नेकपा एमालेले ७ र नेपाली काग्रेस ले ६ स्थानमा विजयी हासिल गरेका छन् ।
घोषित परिणाम अनुसार नेकपा एमाले ले पर्सा को दोश्रो सदरमुकाम पोखरीया नगर पालिका, पर्सागढी नगर पालिका, ठोरी गाउँ पालिका, छिपहरमाई गाउँ पालिका र सखुवा गाउँ पालिका मा विजयी भएका छन यसैगरी काग्रेस ले पटेर्वासुगौली गाउँ पालिका, जगरनाथपुर गाउँ पालिका, पकहामैनपुर गाउँ पालिका र जिराभवानी गाउँ पालिका मा विजयी भएको छ । जसपा नेपाल धोवीनी गाउँ पालिका, कालिकामाई गाउँ पालिका र बहुदरमाई नगर पालिका मा जित हासिल गर्न सफल भएको छ । लोसपा नेपाल विन्दवासनी गाउँ पालिका मा मात्र जितेको छ । प्रसौनी
नेकपा एमाले ले प्रमुख जितेको सबै पालिकामा उप प्रमुख जितेको छ त्यस अतिरिक्त झिनो मत ले बहुदरमाई नगरपालिका प्रमुख नजिते पनि उप प्रमुख जिल सफल भएको छ । विन्दवासनी गाउँ पालिका को उप प्रमुख पनि एमाले ले आफ्नो हाथ पारेको छ । जसपा र लोसपा ले उप प्रमुख कुनै पालिकामा पनि जिन सकेको छैन ।