वीरगञ्ज । मधेश प्रदेशका प्रदेश सभा सदस्य प्रह्लाद गिरीका छोरा रमेश गिरी पराजित भएका छन् ।
प्रदेश सभा सदस्य गिरी लोकतान्त्रि समाजवादी पार्टी (लोसपा) मा छन् भने उनका छोरा रमेश जनता समाजवादी पार्टी (जसपा) बाट पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्षका उम्मेदवार थिए ।
वडाअध्यक्षमा पराजित भएका रमेशले ५ सय ६१ मत ल्याएका थिए । ९ सय ४ मतका साथ उक्त वडाको अध्यक्षमा नेकपा एमालेका अजोध्या प्रसाद कुर्मी निर्वाचित भएका छन् ।
उनी नेपाली कांग्रेसका लक्ष्मणप्रसाद कुर्मीसँग १ भोटले बिजयी भएका हुन् ।