वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले दोब्बरभन्दा बढीको अग्रता बनाएका छन् ।सिंह र नेकपा एमालेका बिजय कुमार सरावगीबिच ११ हजार ८ सय २७ मतको फराकिलो अन्तर छ । वीरगञ्ज महानगरपालिकाका ३२ मध्ये २० वडाको ४७ हजार ७ सय ५४ मत गणना गर्दा सिंहले २४ हजार ३ सय १६ मत पाएका छन् ।
सरावगीले १२ हजार ४ सय ८९ मत पाएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गिरीश गिरीले १ हजार ४ सय ८७ मत प्राप्त गरेका छन् ।मेयरका लागि खसेको मतमध्ये ३७ हजार ५ सय ८६ मत सदर हुँदा ९ हजार ६ सय ६८ मत बदर भएको छ ।