वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले सपथ लिएको २४ घण्टाभित्रै वीरगन्जमा जनताले परिवर्तनको आभाष गर्ने बताएका छन् ।
मङगलबार बिहान मेयरमा निर्वाचित भएपछि मतगणनास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा नवनिर्वाचित मेयर सिंहले भने, ' सपथ लिएको २४ घण्टाभित्र जनतालाई परिवर्तनको अनुभूति हुनेगरी काम गरेर देखाउँछु ।'
वीरगन्जवासीले दैनिक भोगिरहेका समस्या सामधान नै आफ्नो पहिलो र मुख्य प्राथमिकता भएको उनले बताए ।
सिंहले भने,'वीरगन्जवासीको जीवनयापनसँग जोडिएका समस्या सामधान गर्नु नै मेरो पहिलो प्राथमिकता रहनेछ ।
उनले वीरगन्ज सहरको सरसफाइको दुरावस्थामा सुधार गर्ने बताए । सरहमा पानीको उचित निकास नभएका कारण डुबानको समस्या रहेकाले यो विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । करको दर न्यूनिकरण , सहज र सुलभ स्वास्थ्य सेवा, शिक्षा , रोजगारीलगायतका विषयमा विज्ञसँग परामर्श गरेर नगरवासीको हितमा निर्णय लिने सिंहले बताए ।
पाँच वर्षको कार्यकालमा आफ्नो चुनावी घोषणापत्रमा उल्लेख गरिएको भन्दा बढी नै कामहरु गर्ने प्रतिवद्धा पनि उनले दोहोर्याए।
मनगरमा गरिएका अनियमितता र भ्रष्टचारको छानबनि गरिने बताउँदै सिंहले भने, 'जति पनि भ्रष्टाचाहरु भएका छन् , ती सबै फाइल अख्तियारमा पठाउँछु ,अख्तियारले छानबिन गरेर कारबाही अगाडि बढाउँछ ।'
सत्तागठबन्धनबाट जसपाको उम्मेदवार बनेर सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरी मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय सरावगीभन्दा २२ हजार ५ सय ४४ मत बढी ल्याएर निर्वाचित भएका सिंह ,२०७४ को निर्वाचनमा भने १२ हजार १ सय मत प्राप्त गरी तेस्रो स्थानमा सीमित भएका थिए ।