पर्साको बिन्दबासिनी गाउँ पालिकाकार्यपालिकाको कार्यालय बहुवरवा भाठामा गाउँ पालिका अन्तर्गतका १देखि ५ वडासम्मका नवनिर्वाचित जनप्रतिनिधिहरुको आज सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।बिन्दबासिनी गाउपालिकाका अध्यक्ष प्रमोद तिवारिको प्रमुख आतिथ्यमा नवनिर्वाचित वडाध्यक्ष तथा सदस्यहरुको आज सपथ कार्यक्रम समपन्न भएको हो। बिन्दबासिनी गाउपालिकामा भएको सपथग्रहण कार्यक्रममा सम्पुर्ण नवनिर्वाचित वडाध्यक्ष र सदस्य जनप्रतिनिधिहरुको काम कर्तव्य र जिम्मेवारी बहनको बारेमा सपथ गराईएको थियो।बिन्दबासिनी गाउपालिकाका नवनिर्वाचित वडाध्यक्ष र सदस्य जनप्रतिनिधिहरुलाई पालिका अध्यक्ष तिवारिले सपथ गराउनु भएको थियो। पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथग्रहण कार्यक्रममा सम्पुर्ण वडाध्यक्ष र सदस्यहरुलाई पालिका अध्यक्ष तिवारि र उप-अध्यक्ष ज्योती चौरसियाले गम्छा दोशला र अबीरको टिका लगाई बधाई दिएर शुभकामना ब्यक्त गरेका थिए।सपथग्रहण कार्यक्रममा बिन्दबासिनी गाउपालिकाका प्रमुख प्रसाश्किय प्रमुख राजु साह, लेखा अधिकृत मिथलेस कुसवाहा, लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।