

बिगतको चुनावमा ठुलो पार्टी रहेको नेपाली काँग्रेसलाई पछाडी पार्दे बारामा नेकपा एमाले ठुला दल भएपनि ४ वटा पालिकामा भने क्लिीन स्वीप भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकामा उपमेयर, निजगढ नगरपालिकामा मेयर,उपमेयर, कलैया उपमहानगरपालिकामा मेयर, उपमेयर,परवानीपुर गाँउपालिकामा अध्यक्ष, उपाअध्यक्ष र प्रसौनी गाँउपालिकामा अध्यक्ष, उपाअध्यक्ष गरि १६ वटा पालिकाहरु मध्ये ९ जना निर्वाचित भई पहिलो पार्टी भएपनि सिम्रौनगढ नगरपालिका, बारागढी गाँउपालिका, देवताल गाँउपालिका र बिश्रामपुर गाँउपालिकामा भने वडा अध्यक्ष, प्रमुख, उपप्रमुख जित्न सकेन । नेपाली
काँग्रेस कोल्हवी नगरपालिकामा मेयर उपमेयर, आर्दश कोतवाल गाँउपालिकामा अध्यक्ष, उपाअध्यक्ष, सुवर्ण गाँउपालिकामा अध्यक्ष, उपाअध्यक्ष र महागढीमाई नगरपालिकामा मेयर , उपमेयर गरि ८ जना निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए । त्यसैगरि जसपाले करैयामाई, देवताल गाँउपालिका र बारागढी गाँउपालिकामा भने अध्यक्ष,
उपाअध्यक्ष गरि ६ जना निर्वाचित भएका छन । लोसपाले भने सिम्रौनगढ नगरपालिकामा मेयर, उपमेयर, बिश्रामपुर गाँपालिकामा अध्यक्ष , उपाअध्यक्ष गरि ४ जना, सझा विवेकसिल पार्टीले फेटा गाँउपालिकामा अध्यक्ष , उपाअध्यक्ष गरि २ जना र नेकपामाओवादी केन्द्रले जीतपुर सिमरा उपमहानगरपालिकामा मेयर १ जना निर्वाचित भएका हुन । पचरौता नगरपालिकामा भने मतगनना जारी रहेकोमा नेकपा एमालेका जलन्दर सिहको टिम अगाडी रहेको छ । यसरी सता गठबन्धनलाई मिलाएर हेर्ने हो भने काँग्रेस र जसपाको गरि १४ जना,नेकपा एमाले, लोसपाको
गठबन्धनलाई मिलाउदा १३ जना निर्वाचित रहेका छन । विवेकसिल साझा पार्टी भने समन्वय समितिको संयोजकको निर्वाचनमा निर्णयाक हुने देखिन्छ ।