वीरगंज – लागुऔष सहित बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ भवानीपूर बस्ने ४२ बर्षीय निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल वस्ने ४० बर्षीय ओसी अहमद रहेका छन ।
कलैया उपमहानगरपालिका वडा नम्बर १० मटिअर्वामा रहेको पूरानो चौकिस्थित सडकमा भारतबाट नेपाल तर्फ आउदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकल रोकेर चेकजाच गर्दा उनीहरुको साथ बाट फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस गरी एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन बरामद भएपछी पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुई जनामाथि लागुऔषध सम्बन्धि मुदामा अदालत बाट ५ दिनको म्याद लिएर अनुसधान भईरहेको प्रहरीले जनाएको छ ।