भिएसओ नेपाल र आसमान नेपालको संयुक्त साझेदारीमा संचालित बालिका तथा शिक्षा समावेशी सन्जाल परियोजना अन्तर्गत मुखदेव सुशिला मा. वि. रामनगरिको आयोजनामा बिधालय भर्ना अभियान अन्तर्गत रैली तथा घर दैलो कार्यक्रम आज रामनगरी मा सम्पन्न भएको छ। विधालय प्रागणबाट निस्केको रैली रामनगरी र फुलकवल टोल परिक्रमा गरी विधालय प्रागणमा पुगि समापन भएको थियो। कार्यक्रममा गाउ टोलमा रहेका बालबालिकालाई विद्यालय पठाउनका लागि अभिभावकहरुलाइ सुझाव दिएको थियो। विधालय का प्र अ लक्ष्मीकान्त साहको अध्यक्षतामा निस्केको रैली मा शिक्षक, विधार्थी,आसमान नेपालका धरमेन्द्र चौरसिया लगायत को उपस्थिति रहेको थियो। त्यसै गरी आजै द्वरदेवी मा वि अलौको आयोजनामा अलौमा विधालय भर्ना अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न भएको छ।