

जिराभवानी । छिमेकी राष्ट्र भारतसङ्ग सिमा जोडिएका नाकाहारुबाट प्रहरीकै सलग्नतामा तस्करि भइरहेको छ ।भारतबाट अबैधरुपमा समान ल्याउने र नेपालबाट अबैधरुपमा निकासी हुने मालसमानमा प्रहरीकै साठ गाठ हुने गरेको छ । तस्करहरुले नेपालबाट मदिरा र भारतबाट काशमेटिक समान , खाने तेल, चिनी , कपडा ,हाडवेयरका समान र बिजुलीका समान नेपाल भित्रयाउने गरेको स्थानीयले बताएका छ्न ।भारतबाट नेपाल आऊने र नेपालबाट भारत जाने मालसमानहरुमा प्रहरीसंग सेटिङ्ग भई आएको उक्त समानको कुनै चेकजाँच हुदैन ! पछिल्लो समय प्रहरिकै संगलतामा खुला सिमानामा तस्करि भएको स्थानीयहरुले बताएका छन । स्थानिहरुको आनुसार जिल्लाको पश्चिमी नाका भिस्वा, दसावता , पाण्डेपुर, पिडारिगुठी , महादेवपटि सुबर्णपुर ,माली शकरसरैया लगायतका नाकाबाट तस्करि भइरहेको छ । अबैध समान भारतबाट पठाउनका लागि आथवा भारतबाट नेपाल भित्र्याउनका लागि सादा पोसाकमा खटिएका प्रहरी तस्कर सङ्ग सेटिङ्ग मिलाउने काम गर्द्छन बिशेषगरी महादेवपटि नाकाबाट कपडा सुर्ती र बिजुलीको समान भित्रयाउने सशस्त्र प्रहरी सङ्ग सेटिग्ङ मिलेको स्थानीयहरुको दाबी छ ती नाकाहरुबाट रातिको समयमा तस्करहारुले माल समान दुवानी गर्ने स्थानीयले बताएका छ्न ।