

पर्साको ठोरि गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई सो पालिकाको वडा नम्बर २ स्थित श्री सरस्वती माध्यामिक बिद्यालयले बधाई सम्मान गरेको छ । गौतमनगरस्थित विद्यालय भवनमा शुक्रबार आयोजित कार्यक्रममा पालिका अध्यक्षलगायतका जनप्रतिनिधिहरूलाई सम्मान गरिएको हो ।
सो अवसरमा गाउँ पालिका अधयक्ष लालबहादुर श्रेष्ठले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । बिद्यालय एवं शिक्षा क्षेत्रको उन्नती प्रगतिको लागि कुनै कसुर बाँकी नराख्ने बताउँदै उहाँले चुहिएको छाना व्यबस्थापन र कक्षा शिशु देखि कक्षा १२ सम्म निशुल्क शिक्षा दिने कुरा पदभा र ग्रहणकै बेला घोषणा गरिसकिएको जानकारी गराउनु भयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले महिला बालबालिका र छात्र छात्राहरुलाई शैक्षिक न्यायका लागि लागिपर्ने बताउनु भयो ।
ब्यबस्थापन समितिका अध्यक्ष शम्भु बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव निर्वाचित गाउँपालिका अध्यक्ष ,उपाध्यक्षलगायत पालिकाका पाँचवटै वडाका वडाअध्यक्ष साथै वडा न १ र २ बाट निर्वाचित गाउँसभाका सदस्यहरुलाई समेत सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
सो अवसरमा नवनिर्वाचित जनप्रतिनीधिहरूलाई विद्यालयका प्रधानाध्यापक केशवप्रसाद रेग्मिले माला तथा खादा पहिर्याएर सम्मान गर्नु भएको थियो भने भने वडानं. २ का निवर्तमान वडा अध्यक्ष किशोर तमाङ्गले मायाको चिनो प्रदान गनु भयो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष तामाङ्ग र निवर्तमान गाउँसभा सदस्य श्यामहरी शर्मालाई पनि प्रधानाध्यापक रेग्मी र विव्यसका अध्यक्ष गुरुङले टीका माला र खादा लगाई सम्मान गर्नु भएको थियो ।
जनप्रतिनिधिको स्वागतमा उक्त विद्यालयका बालबालिकाहरूले मार्चपास, कवाज प्रदर्शन गर्दै सलामी अर्पण गरेका थिए । बालबालिकाले विभिन्न भाषाभाषीको स्वागत नृत्य प्रस्तुत गर्दै पालिकामा रहेका अनेक भाषा, धर्म, संस्कृति तथा परम्पराको एकताको संदेश दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक रेग्मीले स्वगत मन्तव्य प्रकट गरेको उक्त कार्यक्रममा निवर्तमान वडाअध्यक्ष तामाङ, वडा नं. २ का निर्वाचित अध्यक्ष अमृतकृष्ण सापकोटा, वडा न ४ का वडा अध्यक्ष मान बहादुर थिङ्गलगायतले ठोरीको समृद्धीको लागि भगिरथ प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शिक्षक रमेश नेपालले सहजीकरण गर्नुभएको कार्यक्रममा बिब्यस पदाधिकारी, नागरिक अगुवा विद्यार्थी, अभिभावक, शिक्षक एवं कर्मचारीहरूको उल्लेख्य उपस्थिति थियो ।