

हेरिटेज +२ पब्लिक कलेजले कक्षा १२ का विद्यार्थीहरूको बिदाइ कार्यक्रम गरेको छ । कार्यक्रम वीरगन्ज महानगरपालिका वार्ड नं १३ मा रहेको होटल साह दरबारमा राखिएको थियो। कार्यक्रमको सभापति हेरिटेज+२ कलेजका प्रधानाध्यापक मंकेश्वर प्रसाद यादव रहनु भएको थियो त्यस्तै कार्यक्रमको प्रमुख अतिथिमा परवानीपुर गाउँपालिकाको पूर्व प्रमुख हरिनारायण साह रहनु भएको थियो। विशिष्ठ अतिथिमा परवानीपुर गाउँपालिकाको शिक्षा अधिकारी विद्यानन्द यादव ,जनता मा.वि.का अनुभवी शिक्षक अवधेश यादव ,समाजसेवी राज साह , अकबर हवारी,अतिथिको रूपमा हिरालाल कुशवाहा, एनआईसी एशियाको ट्रेनिङ असिस्टेन्ट दिनेश कुशवाहा ,राधेश्याम गुप्ता , हेरिटेज कलेजका प्रशासकिय अधिकृत मुकेश श्रीवास्तव , कलेज कै शिक्षक रामपुकार यादव ,विनोद श्रीवास्तव ,अजित साह ,अमरेन्द्र दुबे ,मनोज शर्मा र विन्देश्वरी मण्डल हरुको उपस्थितिमा यस कार्यक्रमलाई सुरुवात गरिएको थियो । कलेजका अध्यनरत सम्पूर्ण विद्यार्थीहरु लाई आजको कार्यक्रममा सहभागी गराइएको थियो।
नेपालको राष्ट्रिय गान सम्झी प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको सुरुवात गरिएको थियो। कक्षा १२ मा पठनपाठन गर्ने सम्पूर्ण छात्रा/छात्रहरु लाई कक्षा ११ का विद्यार्थीहरूद्वारा टीका लगाएर खाँदा ओढाई मायाको चिनहोको रूपमा फोटो फ्रेम प्रदान गरी विदाई गरिएको हो । वाणिज्य विषय सम्बन्धी पढाइ गर्ने सम्पूर्ण विद्यार्थीहरुको लागि पनि वाणिज्य क्षेत्रहरूमा पनि ठूलो ठूलो अवसर रहेको हुन्छ।आफूले वाणिज्य विषय सम्बन्धी पढाइ गरेको छु यसको महत्व केही हुँदैन जस्तो सोच कतै पनि नराख्नु होला ,वाणिज्य पढाइ गर्नेहरुले पनि आफ्नो भविस्य बनाएका छन् र सफल व्यक्ति बनेर नाम कमाएका छन जस्तो उदाहरण सहित कार्यक्रमको सभापति यादवद्वारा राखियो। कार्यक्रम लाई मनोरञ्जन बनाउनको लागि कलेज कै विद्यार्थी हरु द्वारा सांस्कृतिक कार्यक्रम राखिएको थियो जसमा विभिन्न विद्यार्थी हरुले गीत गाएर,नाचेर,कमेडी शो गरेर यसलाई मनोरञ्जनात्मक तथा यादगार बनाएका थिए।
सम्पूर्ण विद्यार्थी हरुको भविष्य उज्जवल प्रज्वल होस् र सबैले आफ्नो जीवनमा कामयाब बनी आमा बुवाको सपनालाई साकार पार्ने गरी जोश जाँगर र अनुशासितमा रही एउटा राम्रो र सफल व्यक्तिको पहिचान दिनु होला जस्तो विचार कार्यक्रमको प्रमुख अतिथि द्वारा राखिएको हो । कार्यक्रमको संचालक कलेज कै अनुभवी अङ्ग्रेजी शिक्षक विनोद श्रीवास्तव द्वारा कार्यक्रम अवधि भरी उद्दघोस् गरी र सम्पूर्ण विद्यार्थी लाई अग्रिम पढाइको लागि शुभकामना व्यक्त गर्दै कार्यक्रम लाई समापन गरेका थिए ।