अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नेपाल राष्ट्रिय विद्यापीठ उच्चमाध्यमिक विद्यालय, श्रीपूर, वीरगंज का तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ रकर्मचारी राकेश मान श्रेष्ठ गरी २ जना उपर २९ लाख ५० हजार रुपैयाँ हिनामिनागरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्रदायर गरेको छ ।
नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय, श्रीपूर, मुर्ली, वीरगंज, पर्सामा जिल्ला शिक्षा कार्यालय, पर्साबाट निकासा भएकोभौतिक निर्माणवापत रकम लगायत विद्यालयको स्रोतसमेत दुरुपयोग गरेको भन्ने उजुरी परेको थियो ।
नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालय श्रीपुर, मुर्ली, बीरगंज, पर्सालाई जिल्ला शिक्षा कार्यालय, पर्साबाट आर्थिक वर्ष२०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामाग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माणवापत २९ लाख ५० हजारबिभिन्न शीर्षक तोकी रकम निकासा भएकोमा सो रकम सम्बन्धित शीर्षकमा खर्च नगरी तत्कालीन प्रधानाध्यापक बलरामश्रेष्ठसमेतले आफूखुसी खर्च गरेको, २०६७।०६८ को श्रावण, भाद्र, आश्विन तथा दशै खर्चवापतको रकमसमेत रु.९२,३७८।–दोहोरोतलब लिएको देखिएको हुँदा नेपाल सरकारको रकम आफूलाई गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउनेबदनियतले निज बलराम श्रेष्ठले एउटा शीर्षक तोकी बिनियोजित रकम सम्वन्धित शीर्षकमा खर्च नगरी आफूखुशी खर्च गरेको रदोहोरो तलब भत्तासमेत लिएको पुष्टि भएको हुँदा निज बलराम श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमसार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगो ३० लाख ४२ हजार ३७८ रुपैयाँकायम गरी भ्रष्टाचार निवारणऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना रऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद गरी पाउन मागदाबी अख्तियार दुरुपयोग ले गरेको छ ।
साथै बिद्यालय कर्मचारी राकेशमान श्रेष्ठले लेखा सञ्चालन गर्ने हैसियतले एउटा शीर्षकमा बिनियोजित रकम सम्वन्धित शीर्षकमाखर्च नगरी आफूखुशी खर्च गरेको पुष्टि भएको हुँदा निज राकेशमान श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमसार्वजनिक सम्पत्ति हानिनोक्स