

वीरगंज,पुस १३
वीरगंज घण्टाघर व्यारेकको पश्मिच पटि फुटफाटमा व्यवपार गर्ने व्यपारीहरु माथि वीरगंज नगर प्रहरीले हस्तक्षेप गरी कुटपिट गरेको छ । आज दिउँसो नगर प्रहरीहरुले व्यपार गरिरहेका व्यपारिहरु माथि कुटपिट गरेका हुन । नगरपालिकाले हिजो व्यपारिहरुलाई १५ दिनको समय सिमा तोकेको र भुईमा व्यपार गर्ने शर्तमा व्यपार गर्न दिएको भएपनि आज एक्कासि नगर प्रहरीहरुले व्यपारीहरु माथि कुटपिट गरेको पिडित व्यपारिहरुले बताएका छन । नगर प्रहरीको हस्तक्षेपका कारण व्यपारिहरुको केहि समान समेत चोरी भएको व्यपारीले आरोप लगाएका छन । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदा प्रहरीले उजुरी लिन नमानेको पिडित व्यपारिहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालयले तोक लगाएको उजुरी प्रहरी लिन नमानेपछि आफुहरु झन पिडित बनेको व्यपारिहरुले बताएका छन । व्यपारिहरुले नगर प्रहरीले तोकेको माप दण्ड भित्र रही व्यपार गर्दा कुटाई खाएको र उजुरी गर्दा समेत प्रहरीले उजुरी लिन नमानेको दुखेको पोखेका छन । सो अवसरमा व्यपारीहरु दिपेन्द्र कुमार श्रीवास्तव, सुरज साह, सिनोद साह,गोली गिरी लगायतको उपस्थिती रहेको थियो ।