बिरगंज । वीरगञ्जमा आऊदो जेठ २७ र २८ गते बृहत शैक्षिक मेला हुने भएको छ । आस्था नेपालको आयोजना र कृष्ण फाउण्डेशनको सहकार्यमा आऊदो जेठ २७ र २८ गते वीरगञ्जको लर्डस दियालोमा २ दिने शैक्षिक मेला हुन भएको छ । भारतका उत्कृष्ट शैक्षिक संस्थाहरुको विभिन्न छात्रवृत्ति सम्बन्धि जानकारी गराउनको साथै भारतमा इन्जिनियरिङ , मैनेजमेनट,साइन्स ,हेल्थ,मेडिकल, कृषि , लगाएत उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।
भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा २५ प्रतिशत देखि शत प्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला हुन लागेको हो ।
दुई दिनसम्म चल्ने मेलामा भारतका विभिन्न किसिमका ख्याति प्राप्त विश्वविद्यालय एवम् कलेजहरुका शिक्षकहरु,तथा डाईरेकटर र काउन्सलरले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिनेछन् । यो शैक्षिक मेला बिगत केही बर्ष देखि हुँदै आएको र विद्यार्थीहरुको बिश्वास रहेको एक विद्यार्थीले बताए |