

वीरगंज । एक मतले विजयी भएका पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष अयोध्या प्रसाद कुर्मीलाई वडाध्यक्षको हैसियतल कामकाज गराउनु उच्च अदालतले अन्तरकालिन आदेश दिएको छ । यस अघि उच्च अदालतले कुनै पनि काम कार्यवाही नगर्नु, नगराउन अन्तरकालिन आदेश दिएको थियो भने आज न्यायाधीश लेखनाथ पौडेल र गणेश प्रसाद बरालले वडाध्यक्षको हैसियतल कामकाज गराउन अन्तरकालिन आदेश दिनुभएको छ ।
अयोध्याबाट एक मतले वडाध्यक्षमा पराजित भएका लक्षमण प्रसाद कुर्मीले दिएको मतगणना बदर गरी पुनः मतगणना गरी पाउँ मुद्दामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको इजलास नं. ४ का न्यायाधिश सीताराम मण्डलको एकल इजलाशले जेठ २० गते पेशी समेत तोकीे आदेश े कुनै पनि काम कार्यवाही नगर्नु, नगराउन अन्तरकालिन आदेश दिएको थिए ।
निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा समेतका विपक्षीहरुसंग अदालतले यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए खुलाई लिखित जवाफ समेत मागेकोमा आज बहस हुदाँ पुरै प्रमाण पुग्दा प्रसाद कुर्मीलाई वडाध्यक्षको हैसियतल कामकाज गराउनु आदेश जारी भएको वडाध्यक्ष अयोध्या प्रसाद कुर्मीले बताउनु भयो ।
नेपाली कांग्रेसका उम्मेदवार लक्षमणलाई एक मतले हराउँदै वडाध्यक्षमा नेकपा एमालेका अयोध्या विजयी भएका थिए । अयोध्याले ९०४ मत पाउँदा उनको निकटतम् प्रतिस्पर्धी लक्षमणले ९०३ मत पाएका थिए ।