

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको मातहातमा पर्ने अस्थायी ट्राफिक प्रहरी पोस्ट ड्राइपोर्टमा कार्यरत ट्राफिक प्रहरीले आफ्नो वर्दिको आडमा कमाइ खाने भाडो बनाए पश्चात सर्वसाधारणलाइ सास्ती खेप्नु परेको हो । वीरगञ्ज भन्सार कार्यालय, आईसिपी र सुख्खा बन्दरगाहबाट बिभिन्न उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीहरुले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको एक चालकले बताएका छन् । सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै वीरगंजको ड्राईपोर्टमा अवैध रुपले मालबाहक सवारीसाधनहरुवाट रकम असुली गर्दे आएको खुलेको छ । ट्राफिक प्रहरीको लूटतन्त्रका कारण सर्वसाधारणलाइ नै सास्ती खेप्नु परेको छ । भारतबाट मालसमान बोकि नेपाल भित्रिने भारतीय सवारि साधनबाट बिभिन्न बहाना बनाउदै दैनिक लाखौ रूपैया संकलन गर्ने गरेको भारतीय सवारी चालकले बताउछन । ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत बहुअरी चोकमा रहेका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक २ महिनामा ट्राफिक प्रहरी परिवर्तन हुने उक्त चोकमा अहिले ट्राफिकका इन्चार्ज प्रहरी निरीक्षक दिपक सुवेदी हुन्। सुबेदीको संरक्षणमा नै अवैध रुपमा रकम असुली गर्न कार्य भईरहेको स्थानियले बताएका छन्।
भारतिय सवारीचालक रमेश साहले ट्राफिक प्रहरीले हामिलाई अनावशयक रुपले रुकेर विभिन्न किसिमको कागज पत्र दिनु भन्छन हामीले अाफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर प्रहरीले विभिन्न किसिमको दर धाक देखाई १हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेको छ। दैनिक भारतबाट नेपाल भित्रिने तथा नेपालबाट भारत जाने भारतीय सवारि साधनबाट ट्राफिक प्रहरीले रकम असुल्ने गरेको चालकहरू बताउछन । ट्राफिक प्रहरीसम्म पहुच रहेकाहरूले पैरवीको अधारमा छोडने र पहुच नभएकाहरूले ट्राफिक प्रहरीलाइ नजराना बुझाइ मात्र भित्रिने र पुनः भारत फर्किने गरेको भारतीय चालकहरूले गुनासो पोखेका छन । आफुहरू पटक पटक मालसमान बोकि नेपाल भित्रिने गरेको कारण आफ्नो नाम र गाडिको नम्बर गोप्य राख्ने सर्तमा ट्राफिक प्रहरी देशको मेरूदन्डको रूपमा चिनिएपनि आफ्नो वर्दिको फाइदा उठाउदै रकम उठाउने गरेको चालक बताउछन । ट्राफिक प्रहरीले मात्र ड्राइपोर्टमा रकम लिदैन्न परवानिपुरमा समेत रकम लिएरै सवारी साधन जान दिन्छन भन्दै चालकले दुखेसो पोखे । उहाले आफुहरू भारतीय रहेकै कारण ट्राफिक प्रहरीले दोधारो निति लगाएको हुन सक्ने आशन्का समेत ब्यक्त गरे । यता एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका ट्राफिक प्रहरीले बिरगंजको ड्राइपोर्ट र परवानिपुर प्रमुखमा जान रूचाउछन । माथिल्लो निकायलाइ केहि रकम बुझाएरै भएपनि यि दुइ स्थानमा ट्राफिक प्रहरी जान खोज्छन र माथिल्लो निकायलाइ नजराना बुझाएकै कारण यि दुइ स्थानमा सर्वसाधारणलाइ दुख दिएर भएपनि आफ्नो आर्जन गर्न सफल भएका हुन्छन । यश बिषयमा बुझनको लागि २ नम्बर प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक गुरुङ संग फोन सम्पर्क गर्दे फोन उठाई प्रशन सोध्दा आवाज आएन भनेर फोन काटनु भयो।
यस्ता भ्रष्ट ट्राफिक प्रहरीले गर्दा सिंगो संगठन नै बदनाम भएकोप्रति सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।