आमा समुहमा पोषण सम्बन्धी जनचेनामूलक १ दिने तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा र बिन्दबासिनी गाउँपालिकाको वडा नं २ को कार्यालय बहुवर्वा भाठ्ठाको आयोजनामा नेरा आधारभूत विद्यालय अमरपट्टीमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको कार्यपालिका सदस्य शम्भु प्रसाद चौरसियाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विक्रमजित प्रसाद साहले कार्यक्रममा सहजीकरणको भूमिका निर्वाह गरेका थिए भने सुगन्धि देवीले प्रक्षिकन दिनु भएको थियो ।
कार्यक्रममा महिला स्वयम् सेबीका ,आमा समुहका प्रतिनिधि लगायतका उपस्थिति रहेको थियो । कार्यक्रमको अनुगमन गाउँपालिका अध्यक्ष प्रमोद तिवारी , उपाध्यक्ष ज्योति चौरसिया लगायतकाका पालिका कर्मचारीहरुले गरेका थिए ।