वीरगंज । पर्सा प्रहरीले अवैध घरेलु मदिरा बोकेको ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको छ । वीरगन्ज २१ परवानीपुर चौक सडकखण्डबाट ना २ ख ९३५७ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध घरेलु मदिरा लोड गरिएको ट्रकलाई सूचनाको आधारमा रोकी चेकजाँच गर्दा ट्रकमा लुकाई छिपाई ल्यायाएको अवैध घरेलु मदिरा ७६५ लिटर सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । वीरगन्ज महानगपालिका १३ राधेमाई बस्ने वर्ष ५४ का लक्षमण साहलाई नियन्त्रणमा लिएको जप्रका पर्साले जनाएको छ ।
ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि आन्तरिक राजश्व अनुसन्धान कार्यालय वीरगन्जमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।
उक्त ट्रकको २० लाख मुल्यांकन राखि थप कारवाहीको तथा अनुसन्धानको लागि राजश्व कार्यालय वीरगंजमा पठाएको उनले बताए ।