वीरगंज । पर्सा प्रहरीले बिल बिजक भन्दा बढी समान बोकेको ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगन्ज १० घण्टाघर सडकखण्डबाट बा ५ ख ८६५८ , लु २ ख ५३४९ र वीरगन्ज ८ माईस्थान सडकखण्डबाट ना ४ ख ४३०१ नम्बरको मालबाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिल बिजक भन्दा बढी विभिन्न किसिमका हार्डवेयर पार्ट्स , औषधि , लत्ता कपडा लगायतका खुद्रा मालसमान लोड गरिएको ट्रक सूचनाको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सूचना अनुसार नै बिल बिजक भन्दा बढीको समान लोड गरिएको पाएपछि थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त प्रहरी नायब उपरिक्षक ओम प्रकाश खनालले बताए ।
मालसमान सहित १/१ करोड मुल्यांकन राखि थप कारवाहीको तथा अनुसन्धानको लागि राजश्व कार्यालय पथलैया पठाएको उनले बताए ।