वीरगंज । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् पूर्व संविधान सभा सदस्य राजकुमार गुप्ताले पर्साका एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष यसवन्त यादवलाई बधाई दिएका छन् ।
केन्द्रिय सदस्य एवम पूर्व संविधान सभा सदस्य सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवलाई गमछा र अबीरको टिका लगाई सफल कार्यकालको लागी बधाई तथा शुभकामना दिएका हुन् ।
गाउँपालिका अध्यक्ष यादव निवास पुगेका केन्द्रिय सदस्य गुप्ताले एक कार्यक्रम बीच सम्मान गरी बधाई दिएका हुन । साथै स्थानिय तह निर्वाचन २०७९ मा एमालेबाट निर्वाचित पर्साका दुई नगरप्रमुख तथा तीन गाउँपालिका अध्यक्ष सहित पर्सामा निर्वाचित उपप्रमुख , उपाध्यक्ष , वडा अध्यक्ष र सदस्यहरुलाई बधाई दिदै सफल कार्यकालको शुभकामना समेत दिएका हुन् ।