पर्सा । बिन्दबासिनी गाउँपालिकाकाको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा गाउँपालिका स्तरिय बैठक सम्पन्न भएको छ।
गाउँपालिका स्तरीय बैठकले पालिकालाई ससक्त बनाएर लिएर जान सकिने लगाएतका विभिन्न निर्णय गरेको छ । बैठकमा पालिका अध्यक्ष, उपाध्यक्ष र पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पालिकाका कर्मचारी सक्षम भए कर्मचारीहरुलाई कार्यक्रम गर्ने दिने , जिल्ला स्वास्थ्य कार्यालय पर्साबाट औषधि लिँदा २/३ महिना म्याद बाँकी रहेको औषधि पालिकाले नलिने , प्रत्येक महिनाको बैठक बसी मासिक महिना कामकाज बारे प्रतिवेदन प्रस्तुत गर्ने , निर्माण भएको २ महिना भित्र बत्सौराको नाला आफै ढलेको हुँदा उक्त ठेकेदारको धरौटी जफत गरी फेरि काम गर्ने लगाउने , पालिका स्तरीय कर्मचारीहरुलाई आफ्नो कार्यालयमा १० बजे देखि ५ बजेसम्म अनिवार्य बस्ने , सूचनाको हक आधारमा प्रत्येक नागरिकलाई सूचना उपलब्ध गराउने,पालिका स्तरीय सेवा सुविधा लिने सेवाग्राहीहरुलाई सेवा सुविधा दिने , जन्मदर्ता, मृत्युदर्ता , बिवाहदर्ता, जस्ता कार्यहरूको अभियान चलाइ घर घरमा गएर कार्य गर्ने , वृद्धहरु तथा अस्क्त मानिसहरुको लागि सामजिक भता लिन आवत जावतमा निशुल्क गाउँपालिका अध्यक्षको गाडीबाट ओसार पोसार गर्ने , गाँउपालिका भरीका मानिसहरुको लागि तेल खर्च बापत ५०० रुपैयाँ लिई विरगंजको कुनै अस्पतालमा उपचारका लागि एम्बुलेन्सबाट पुर्याउने,गाउँ गाउँमा घुमी छलफल गरी गाउँ पालिका को काम काज बारे अनुगमन गर्ने र हाम्रो गाउँपालिका राम्रो गाउँपालिकाको नीति लिएर पालिका अगाडि बढ्ने जस्ता निणर्य गरिएको पालिका अध्यक्ष तिवारीले जानकारी गराए ।
उक्त कार्यक्रममा पालिका अध्यक्ष प्रमोद तिवारी , उपाध्यक्ष ज्योति चौरसिया , कार्यकारी अधिकृत राजु साह , लेखा अधिकृत मिथलेश कुशवाहा लगायत सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।