बिल विजकभन्दा बढी खुद्रा सामान एवम् लत्ताकपडासहितको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट चेकजाँचको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सूचनाको आधारमा खटिएको टोलीले ना. ६ ख ७३६३ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
चेकजाँचको क्रममा बिलविजक शंकास्पद देखिएको र बिलभन्दा बढी सामान भेटिएपछि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
बरामद सामाग्री र नियन्त्रीत ट्रकलाई ५३ लाख ३८ हजार ७२ रुपैयाँ मूल्यांकन गरी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।