

वीरगंज,१८ पुस राकेश साह
पर्साको संखुवाप्रसौनी गाँउपालिकाको कौवावन कटैयामा आज नेकपाको वृहत भेला सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी प्रभु हजराले वैशाखमा हुने निर्वाचनको लागि तयार रहन आग्रह गर्नुभयो । पार्टीभित्रै बाट संबिधान र गणतन्त्र समाप्त गर्ने चलखेल शुरु भएकाले संदन बिघटन गरी प्रधानमन्त्री ओली पुनः जनताको माझ जाने निर्णग गरेको बताउनुभयो । उहाँले मधेशी दल नेतृत्वको प्रदेश २ सरकार पुर्णरुपमा असफल भईसकेकोले अगामी निर्वाचनमा नेकपालाई बिजय गराउन आग्रह गर्नुभयो । यसैगरी संबिधान सभा सदस्य एवं केन्द्रिय सदस्य राजकुमार गुप्ताले स्वार्थ र पद बिना बाच्नै नसक्ने नेताका कारण जनताले दुख पाएको बताउनुभयो । प्रचण्ड नेपालको स्वार्थका कारण सदन बिघटन भएकोले आउने चुनावमा त्यस्ता बहुरुपियाहरुलाई तह लगाउनुपर्ने नेता गुप्ताको धारणा थियो । गुप्ताले आधिकारीक पार्टी र चुनाव चिन्ह सुर्य ओली नेतृत्वकै नेकपाको भएकोले कुनै अलमलमा नपर्न सुझाव दिनुभयो । उहाँले चुनावको तयारीको लागि सवैलाई जुटन आग्रह समेत गर्नुभयो । गुप्ताले मधेशवादी दलले जनताको मत संग खेलवाड गरेको बताउदै प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउनुभयो । प्रदेश २ अन्र्तगत रहेका १५३ पालिका मध्ये अंधिकाश पालिका प्रमुख मधेशी दलले जित हासिल गरेको र त्यहाँ बिकाश भन्दा पनि भ्रष्टाचार ,कमिशखोरी मौलाएको दावी गर्नुभयो । काम गर्नु अगावै ठेकेदारबाट कमिशन लिने काम भएकोले पालिकाहरुमा बिकाश नभएको गुप्ताले ठोकुवा गर्नुभयो । प्रदेश २ सरकारले आफनो गल्ती ढाकछोप गर्न केन्द्र सरकारलाई दोष मात्र दिने गरेको गुप्ताको भनाई थियो । प्रदेश सरकारको असक्षमताका कारण १५ अर्ब प्रिज भएकोमा गुप्ताले चिन्ता व्यक्त गर्नुभयो । केन्द्रि सदस्य समेत रहेका गुप्ताले जनप्रतिनिधिहरुले समान्य चापा कलमा पनि ५० प्रतिशत सम्म कमिशन लिने गरेकोे दावी गर्नुभयो ।साढे तिन बर्ष सम्म सिन्को समेत भाँच्न नसक्ने मधेशी दल जनताको मत संग खेलवाड गरेको आरोप लगाउनुभयो । उहाँले बिगतको दिनको मुल्यांकन गरी अगामी चुनावमा जनतको सुखदुखमा काम गर्ने तथा बिकाश गर्न सक्ने नेतालाई जिताउन अनुरोध गर्नुभयो । पालिका कमिटी सदस्य अनुरुद्ध प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य विश्वमभर शर्मा, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद,जिल्ला कमिटी सदस्य संजिव मिश्रा,राष्टिय युवा संघका पर्साका अध्यक्ष महमद निजाम, युवा नेता यशवन्त यादव,रवि गुप्ता,हरिन्द्र चौधरी,महमद आरिफ,शिव ओझैया,कौसर अंसारी लगायतको उपस्थिती रहेको थियो । यसैगरी कार्यक्रममा जसपा र काँग्रेस पार्टी परित्याग गरी सय जना नेता कार्यकर्ताहरु नेकपा प्रवेश गरेका छन ।तत्कालिन राजपाका नेता अलि अकबर अंसारी कलुको नेतृत्वमा फैजान अंसारी,मिर हषन अंसारी, सोहन पटेल , रामबाबु यादव,सगिर अंसारी लगायत सय जना नेकपा प्रवेश गरेको जिल्ला कमिटी सदस्य संजिव मिश्राले जानकारी दिनुभयो । यसैगरी आजै सम्पन्न भेलाले अलीअकबर अंसरी कलुको अध्यक्षतामा सय सदसीय वडा कमिटी गठन गरिएको छ । कमिटीको सचिवमा हरिन्द्र राउत कुर्मी लगायत सदस्यहरु रहनु भएको छ ।