वीरगञ्ज – विश्व रक्तदाता दिवसका अवसरमा वीरगञ्जको गण्डकस्थित नारायणी बयोधा अस्पतालमा भएकाे रक्तदान कार्यक्रममा १४ महिलासहित ८६ जनाले रक्तदान गरेका छन् ।
अस्पताल परीसरमा आयोजित कार्यक्रममा पत्रकार कृष्णा कुशवाहा , विशाल यादव , सशस्त्र प्रहरी नायब निरीक्षक , अस्मिता बस्नेत, देवी माया पाैडेल, राेजी नेपाली, साेनम पटेल, कविता चाैधरी, नाैसाद आलम, शिवनारायण यादव लगायत ८६ जनाले रक्तादान गरेकाे अस्पतालका प्रमुख प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिए ।
रक्तदान कार्यक्रमको बिहान वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका थिए ।
महानगर प्रमुख सिंहले अस्पतालमा उपचाररत विरामीका लागि रगत आवश्यकता हुने भएकाले त्यसको सहज आपूर्तिका लागि रक्तदान महत्वपुर्ण रहेको भन्दै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तब, उद्योगी अशोक वैद्य लगायतको सहभागिता रहेको थियाे ।