

बिन्दबासिनी गाउँपालिकाको बोर्डको बैठक आज बिन्दबासिनी गाउँपालिकाको फेसबुक पेजबाट लाईभ गरी सम्पन्न भएको छ । बैठकले गाउँपालिकालाई थप गतिको साथ अघि बढाउनको लागि कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । बैठकले गाउँपालिका भित्र रहेको सम्पूर्ण पोखरी अनुगमन गरी ठेक्का सम्झौता गर्ने, राजस्व परामर्श समिती, वित्तिय सिमा निर्धारण समिती गठन गरेको छ । उपाध्यक्ष ज्योती चौरसियाको संयोजकत्वमा अनुगमन समिती र राजस्व परामर्श समिती गठन गरेको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको संयोजकत्वमा वित्तिय सिमा निर्धारण समिती गठन भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा बसेको बैठकले आगामी गर्ने गाउँ परिषद र त्यसको आवश्यक तयारीको लागि गठन गर्नुपर्ने उपसमितीहरु र अन्य आन्तरिक तयारीको बारेमा समेत बैठकमा गम्भिर छलफल भएको छ । बैठकमा गाउपालिका उपाध्यक्ष ज्योती चौरसिया, वडा अध्यक्ष अच्छेलाल महतो, मुक्ति प्रसाद कुर्मी, जयप्रकाश चौरसिया, अनुज चौरसिया, मोहन राहत अहिर, कार्यपालिका सदस्य धनमती देवी, रीमा देवी, मुनि देवी, शम्भु प्रसाद चौरसिया, अशोक गुप्ता, प्रमुख प्रशासकिय अधिकृत राजु साह लगायतको समेत सहभागिता रहेको थियो ।