वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थित श्री रा. रा. चौ. मा.विद्यालय झौवागुठीमा अध्ययनरत ३२ जना छात्राहरुलाई साइकल वितरण गरिएको छ । बिन्दवासिनी गाउँपालिकाको पालिका स्तरीय बजेटबाट बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्र्तगत श्री रा. रा. चौ. मा.विद्यालय झौवागुठीमा साइकल वितरण गरिएको हो ।
बिन्दवासिनी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष अनोज चौरसियाको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडाअध्यक्ष जयप्रकाश चौरसियाले साइकल वितरण अहिले हेर्र्दा सामान्य देखिएपनि भविष्यमा यसको बहुआयामिक प्रभाव पर्ने दावी गरे ।
वडाअध्यक्ष अनोज चौरसियाले अँझ छोरी चेलीहरुको विकास र समृद्धि हुन नसकिरहेको यस गाउँपालिकामा यस कार्यक्रमले उल्लेख्य परीवर्तन गरेको चौरसियाको भनाई छ । विद्यालयमा पहुँचदेखि, उच्च शिक्षा हाँसिलका लागि हौसला थप्न र छोरीहरुलाई आत्मनिर्भर बनाउन पनि यसले सघाउ पुग्ने अध्यक्ष चौरसियाकोे विश्वास छ ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक रामचन्द्र कुशवाहाको लगाएतको सहभागीता रहेको थियोे ।