वीरगञ्ज । पर्साको वीरगञ्ज माहानगरपालिकाको तिलावे पुलदेखि पश्चिमको क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको छ ।
तिलावे पुल क्षेत्रमा विद्युतीय पोल सार्नुपर्ने भएकाले वीरगञ्ज सबस्टेशनबाट प्रसारण भएको विन्दवासिनी र ६ नम्बर फिडरबाट सञ्चालन हुने क्षेत्रको बिहिवार साँझ ५ बजेसम्म अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख ई.जितेन्द्र कुमार झाले एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुने जानकारी गराएका हुन् ।
